२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

दाङ जिल्लामा १२ हजार नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ। खोप कार्यक्रम भदौ २ देखि ४ गतेसम्म जिल्लाका दश स्थानीय तहमा सञ्चालन हुनेछ।

स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार जिल्लाका ९५ वटा खोप केन्द्रमार्फत खोप लगाइनेछ। घोराही उपमहानगरपालिकामा १५ खोप केन्द्रबाट २ हजार ४ जना, तुलसीपुर उपमहानगरपालिकामा २५ केन्द्रबाट ५ हजार ४ जना, लमही नगरपालिकामा ८ केन्द्रबाट ९ सय ६० जनालाई खोप दिइनेछ।

त्यसैगरी राप्ती गाउँपालिकामा ९ केन्द्रबाट १ हजार २०, गढवा गाउँपालिकामा ९ केन्द्रबाट १ हजार २०, राजपुर गाउँपालिकामा ४ केन्द्रबाट २०४, बङ्गलाचुली गाउँपालिकामा ८ केन्द्रबाट ३००, बबई गाउँपालिकामा ४ केन्द्रबाट २९४, शान्तिनगर गाउँपालिकामा ५ केन्द्रबाट ५००, र दंगीशरण गाउँपालिकामा ७ केन्द्रबाट ६९६ जनालाई खोप लगाइने छ।

फोकल पर्सन वलीका अनुसार यसपटक फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई दिइनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय