२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

थबाङ गाउँपालिकाबाट केही दिनअघि कार्यसहित बाहिर गएका र त्यसयता सम्पर्कविहीन रहेका सात जना कर्मचारीहरू अन्ततः सकुशल सम्पर्कमा आएका छन्। उनीहरू रुकुम पूर्वतर्फ गएको समयमा टेलिकम नेटवर्क नहुँदा परिवार र कार्यालयसँग सम्पर्क हुन सकेको थिएन।

रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले हिजो राति १० बजे प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसँग फोनमा कुराकानी भएको जानकारी दिनुभयो। “उहाँहरूले हामी सबै सकुशल छौँ, लिवाङ फर्किंदैछौँ भन्नुभयो,” दाहालले बताउनुभयो। उहाँले आज बिहान पुनः फोन सम्पर्क भएको जानकारी पनि दिनुभयो।

सम्पर्कमा आएका सातै जना कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, कर्मचारी निशा आचार्य, खाद्य प्रविधि सहायक शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका छन्।

थबाङ गाउँपालिकाले बुधबार विज्ञप्ति निकालेर कर्मचारीहरू सम्पर्कविहीन भएको सार्वजनिक गरेको थियो। अहिले उनीहरू सम्पर्कमा आएका र कार्यालय फर्किँदै गरेको गाउँपालिकाले पुष्टि गरेको छ।

सम्पर्कविहीन भएको खबरले स्थानीय तथा कर्मचारीका परिवारमा चिन्ता बढाएको थियो। टेलिकम सेवा नपुगेका दुर्गम क्षेत्रको समस्या फेरि एकपटक सतहमा आएको स्थानीयले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय