२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

बागलुङको ताराखोला गाउँपालिका जलविद्युत् उत्पादनको केन्द्रका रूपमा उभिँदै गएको छ। एउटै खोलामा हालसम्म दुई आयोजना सम्पन्न भइसकेका छन् भने चार आयोजना निर्माण वा प्रक्रिया चरणमा छन्।

सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिसकेको छ। यसअघि पाँच वर्षअघि ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

हाल मध्यताराखोला मध्यदरम ‘ए’ आयोजना ६० प्रतिशत सम्पन्न भएको छ भने ४ मेगावाट क्षमताको दरम ‘ए’ आयोजनाको ४० प्रतिशत काम सकिएको सञ्चालक मिलन खतिवडाले जानकारी दिए। यस्तै, ३.५ मेगावाट क्षमताको तल्लो ताराखोला र ४.५ मेगावाट क्षमताको मध्यदरम ‘बी’ आयोजना प्रक्रिया चरणमा छन्।

ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले स्थानीय लगानीमा निर्माण भइरहेका आयोजनाले गाउँको आर्थिक विकासलाई नयाँ गतिको बाटोमा डोर्याउने बताए। गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि विद्युत् उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी र आत्मनिर्भरता बढ्ने उल्लेख गर्दै, “जलविद्युत् आयोजनाले हाम्रो गाउँको सामाजिक र आर्थिक उन्नतिमा ऐतिहासिक योगदान गर्नेछ,” भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय