२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ।

पार्टीले जारी गरेको सूचनाअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनको सुदृढीकरण र आगामी रणनीतिबारे गम्भीर छलफल हुनेछ। यसका लागि सातवटा मुख्य एजेन्डा तय गरिएको छ।

बैठकको प्रारम्भिक सत्रमा हालै सम्पन्न प्रदेशस्तरीय बैठकहरूबाट प्राप्त प्रतिवेदन सभापतिहरूले प्रस्तुत गर्नेछन्। त्यसपछि परिवर्तित राजनीतिक परिदृश्यबारे केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

रास्वपाले बैठकमा पार्टी संगठन र विभागीय संरचनाबारे पनि चर्चा गर्ने जनाएको छ। साथै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी पार्टीले अपनाउने रणनीति तय गर्ने तयारी गरिएको छ।

पार्टीका अनुसार बैठकमा आगामी ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीबारे विस्तृत छलफल हुनेछ। साथै अन्य विविध विषयमा आवश्यक निर्णय गर्ने एजेन्डा पनि बैठकमा समावेश गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय