२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ।

पार्टीले जारी गरेको सूचनाअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनको सुदृढीकरण र आगामी रणनीतिबारे गम्भीर छलफल हुनेछ। यसका लागि सातवटा मुख्य एजेन्डा तय गरिएको छ।

बैठकको प्रारम्भिक सत्रमा हालै सम्पन्न प्रदेशस्तरीय बैठकहरूबाट प्राप्त प्रतिवेदन सभापतिहरूले प्रस्तुत गर्नेछन्। त्यसपछि परिवर्तित राजनीतिक परिदृश्यबारे केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

रास्वपाले बैठकमा पार्टी संगठन र विभागीय संरचनाबारे पनि चर्चा गर्ने जनाएको छ। साथै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी पार्टीले अपनाउने रणनीति तय गर्ने तयारी गरिएको छ।

पार्टीका अनुसार बैठकमा आगामी ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीबारे विस्तृत छलफल हुनेछ। साथै अन्य विविध विषयमा आवश्यक निर्णय गर्ने एजेन्डा पनि बैठकमा समावेश गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय