२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

युएईमा जारी एसियाकप टी–२० क्रिकेटको सुपर चारमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो।

यसअघि समूह चरणमा पनि भारतले पाकिस्तानलाई सात विकेटले हराइसकेको थियो। जितका लागि पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाएका थिए। यस्तै शुभमन गिलले ४७, तिलक वर्माले अविजित ३० र सन्जु स्यामसनले १३ रन थपे। बलिङमा ह्यारिस रौफले दुई विकेट लिँदा फहिम असरफ र अब्रार अहमदले एक–एक विकेट लिए।

पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गरेको थियो र २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनायो। शहिबजादा फरानले सर्वाधिक ५८ रन बनाएका थिए भने सइम अयुब र महम्मद नवाजले २१–२१, फहिम असरफले अविजित २०, कप्तान सलमा आगाले अविजित १७, फखर जमानले १५ र हुसेन टलाटले १० रन जोडे।

भारतका लागि शिवम् दुबेले दुई तथा हार्दिक पाण्डेय र कुलदीप यादवले एक–एक विकेट लिएर टीमलाई जित दिलाउन योगदान दिए।

यस जितसँगै भारत सुपर चारमा आफ्नो बलियो स्थिति कायम राख्दै सेमिफाइनलतर्फ अग्रसर भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय