२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। यसअघि उनी बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका थिए।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणमा परेपछि देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा घाइते भएका थिए। उक्त घटनामा सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो। चिकित्सकहरूले उनको टाउकोमा १२ वटा टाँका लगाएका थिए।

आन्दोलनकारीहरूले त्यसदिन देउवा दम्पतीमाथि कुटपिट गर्नुका साथै बूढानीलकण्ठस्थित उनको घरमा आगजनी समेत गरेका थिए। यस घटनापछि देउवा अस्पतालमा भर्ना भएका थिए र स्वास्थ्यलाभ गर्दै आएका छन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार डिस्चार्जपछि उनी ललितपुरतिर बस्ने तयारी भइरहेको छ। ‘आजै डिस्चार्जबारे अन्तिम टुंगो लाग्नेछ। सम्भवत ललितपुरको जावलाखेल वा सानेपातिर बस्ने कुरा छ,’ सचिव देउवाले बताएका छन्। ललितपुरको जावलाखेलमा देउवाका आफन्तको घर भएकाले केही समय त्यहीँ बस्ने सम्भावना बढी रहेको बताइएको छ।

देउवाको स्वास्थ्य अवस्थामाथि कांग्रेस कार्यकर्ताहरूले चासो राख्दै आएका छन्। पार्टीका नेताहरूले उनले छिट्टै स्वास्थ्यलाभ गरी पार्टी गतिविधिमा फर्किने अपेक्षा व्यक्त गरेका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय