२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। यसअघि उनी बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका थिए।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणमा परेपछि देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा घाइते भएका थिए। उक्त घटनामा सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो। चिकित्सकहरूले उनको टाउकोमा १२ वटा टाँका लगाएका थिए।

आन्दोलनकारीहरूले त्यसदिन देउवा दम्पतीमाथि कुटपिट गर्नुका साथै बूढानीलकण्ठस्थित उनको घरमा आगजनी समेत गरेका थिए। यस घटनापछि देउवा अस्पतालमा भर्ना भएका थिए र स्वास्थ्यलाभ गर्दै आएका छन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार डिस्चार्जपछि उनी ललितपुरतिर बस्ने तयारी भइरहेको छ। ‘आजै डिस्चार्जबारे अन्तिम टुंगो लाग्नेछ। सम्भवत ललितपुरको जावलाखेल वा सानेपातिर बस्ने कुरा छ,’ सचिव देउवाले बताएका छन्। ललितपुरको जावलाखेलमा देउवाका आफन्तको घर भएकाले केही समय त्यहीँ बस्ने सम्भावना बढी रहेको बताइएको छ।

देउवाको स्वास्थ्य अवस्थामाथि कांग्रेस कार्यकर्ताहरूले चासो राख्दै आएका छन्। पार्टीका नेताहरूले उनले छिट्टै स्वास्थ्यलाभ गरी पार्टी गतिविधिमा फर्किने अपेक्षा व्यक्त गरेका छन्।

सुदिप पौडेल
Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय