२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

 बाढीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा  बागमती नदीमा डुबेर रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी रायको डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बागमती नदीमा दाउरा टिप्ने क्रममा उनी डुबेकी हुन् ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा मृतकको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताए । यसै गरी बागमती नदीमै दाउरा टिप्ने क्रममा नदीले बगाएको एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

गढीमाई नगरपालिका ५ मा रहेको बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा ६५ वर्षिय बिगन राय यादवलाई खोलाले बगाएको थियो ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय