२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

 नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्षलाई रुघाखोकीले समस्या भयो, त्यसैले बैठक स्थगित गरिएको छ‍’, अधिकारीले भने । उनका अनुसार आज स्थगित भएको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न ओलीको निवास गुन्डुमा हिजोबाट सचिवालय बैठक सुरु भएको छ । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने उनीहरुको तर्क छ । बाँकी पदाधिकारीले भोलिको सचिवालय बैठकमा कुरा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुनेछ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय