२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ। बैठकले पार्टीको आगामी महाधिवेशनबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा ‘जेन–जी’ आन्दोलनपछि बनेको अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन र बदलिँदो राजनीतिक परिस्थिति सन्दर्भमा कांग्रेसको भूमिकाबारे छलफल हुँदै आएको छ।

आजको बैठकको मुख्य एजेन्डा भने १५औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरभित्र समाप्त हुँदैछ, जसका कारण पार्टीभित्र महाधिवेशनको स्वरूपबारे मतभेद बढेका छन्।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले महाधिवेशन प्रतिनिधिबीच हस्ताक्षर अभियान सञ्चालन गरेका थिए, जसमा करिब ५४ प्रतिशत प्रतिनिधिको समर्थन प्राप्त भएको बताइन्छ।

सभापति देउवाको स्वास्थ्य अवस्था कमजोर भएपछि उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापतिको भूमिकामा बैठक सञ्चालन गर्दै आएका छन्। तिहार र छठ पर्वका कारण स्थगित बैठक आज पुनः जारी हुँदैछ।

पार्टी स्रोतका अनुसार आजको बैठकले आगामी महाधिवेशनको स्वरूप र मिति टुंग्याउने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय