२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बनाएका छन्।

हालसम्मको मतगणनाअनुसार साम्पाङले ५,८९१ मत प्राप्त गरेका छन्।

उनीलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले ४,८०९ मत पाएकी छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १,२९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम लिम्बुले ९६४ मत पाएका छन्।

यसैगरी नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ८९८ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको छ र अन्तिम परिणाम आउन अझै बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय