२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

१३ कात्तिक २०८२,

नेपाली कांग्रेसका महामन्त्री गगन थापा  बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री गगन थापा बैठकमा सहभागी नभएका हुन् ।

केन्द्रीय समिति बैठक सुरु हुनुअघि कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपामै छलफल गरेका थिए  ।

नेताहरूका अनुसार, उक्त बैठकमा महामन्त्री थापाले आजको बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नका लागि कार्यवाहक सभापति को स्वीकृति खोजेका थिए।

कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्नु नसकेपछि उक्त बैठक लगत्तै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा अनुपस्थित भएका हुन् । तीन नेताको बैठकपछि कार्यबाहक सभापति खड्का र अर्का महामन्त्री शर्मा भने बैठक कक्षमा पुगेपनि थापा भने सहभागी भएनन् ।

कांग्रेसमा बैठकमा पेश गर्ने एजेन्डाबारे बैठकअघि शीर्ष तहमा सहमति जुटाउने प्रचलन छ । १२ दिनपछि बसेको केन्द्रीय समिति बैठक अघि तीन शीर्ष नेताको बैठक बसे पनि कार्यतालिका पेश गर्ने विषयमा सहमति हुन सकेको थिएन ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय