२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

१३ कात्तिक २०८२,

नेपाली कांग्रेसको संस्थापन पक्ष चुनाव अघि नियमित वा विशेष महाधिवेशनको लागि तयार नदेखिएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ ।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचनको तयारीमा लाग्नुपर्ने कारण देखाउँदै नियमित वा विशेष महाधिवेशन हुन नसक्ने जिकिर गरेका छन् ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको गर्नुपर्ने अडानमा छन् ।महाधिवेशनको काम र  संस्थापन पक्षका नेता डा. शेखर कोइराला नियमित महाधिवेशन सबैभन्दा उत्तम विकल्प भनिरहेका छन् ।

असोज २८ देखि सुरु भई ३० गतेबाट छलफलमा प्रवेश गरेको केन्द्रीय समिति बैठक १२ दिनका लागि स्थगित गरिएको थियो ।

सभापति देउवा नेतृत्वको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । दुई महामन्त्री वर्तमान समितिको कार्यकाल थप्न नहुने पक्षमा छन् । संस्थापन पक्ष देउवा नेतृत्वको समितिको अवधि थपेर चुनावी तयारीमा लाग्नुपर्ने निचोडमा छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय