२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

१९  कात्तिक २०८२ ,

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश पार्टीबीच ऐतिहासिक एकता निर्माणमा हुनुमा जेन–जी आन्दोलनको पनि प्रमुख भूमिका रहेको बताएका छन्।

पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जेन–जी आन्दोलनको बलिदानले पार्टी सच्चिनुपर्छ भन्ने उजागर गरेको बताएका हुन्।

जेन–जी आन्दोलन   शहीदलाई पटकपटक सम्मान व्यक्त गर्दै उनले भने, ‘हाम्रो आजको एकता राष्ट्रिय सम्मेलन, सबै नेताले लिएका संकल्पको पछाडि जेनजी आन्दोलन  र आन्दोलनका शहीदहरूको भूमिका छ।  उहाँहरूले बलिदान नदिएको भए हामी यति छिटो आफ्ना कमजोरीप्रति सचेत हुने, एकपछि अर्को विभाजनमा जाने शृंखला रोकेर एकताको नयाँ अभियानको सुरुवात गर्ने ठाउँमा आउथ्यौं वा आउँदैनथ्यौं। जेनजी आन्दोलन  त्यसकारण पनि म ती महान् शहीदहरूलाई धन्यवाद भन्न चाहन्छु।’

नयाँ पार्टीले युवाको भावना र आवश्यकता राख्ने बताउँदै उनले पार्टी संरचनामा मात्रै नभई राज्य संरचनामा पनि युवालाई उच्च प्राथमिकता दिने संकल्प गरे।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय