२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

२४ कार्तिक २०८२,

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै काठमाडौं प्रस्थान गरेकी छन् । उनी बिहान चार बजेतिर मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट काठमाडौंतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गरे ।

सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २३ गते पदबाट राजनीनामा दिएका थिए ।

प्रदेश प्रमुख भण्डारीले उनको राजिनामा स्वीकृत गरिसकेकी छन् तर अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन् ।

उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने आशंका मुख्यमन्त्री सोनलसहित गठबन्धन दलका नेताहरुलाई छ । यही आशंकाका साथ गठबन्धनका नेता–कार्यकर्ताहरुले आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न माग गरेका थिए ।

साथै शनिबार बेलुकी नै गठबन्धनका नेताहरुले प्रदेश प्रमुख भण्डारी लाई भेटेर छलफल गरेका थिए । प्रदेश प्रमुख भण्डारीलाई बिदा गरेर बाहिरिने क्रममा मुख्यमन्त्री सोनलसँग पत्रकारहरुले सात दलीय गठबन्धनका नेताहरुको आशंका गरिरहेको सन्दर्भमा प्रदेश प्रमुख उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गर्नुको कारणबारे सोधेका थिए ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय