२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

लामो समयदेखि विवादमा रहेका मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या मंगलबार अन्ततः समाधान भएको छ। कात्तिक २० गतेदेखि रोकिएको मेलम्ची खोलाको पानी टनेलमार्फत उपत्यकामा ल्याउने पथान्तरण अब पुनः सुरु हुने भएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री कुलमान घिसिङको समुपस्थिति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूबीच समझदारीपत्रमा हस्ताक्षर गरी विवाद समाधान गरिएको हो।

समझदारीअनुसार बाढीपीडित, स्थानीय व्यवसायी र प्रभावित क्षेत्रका मागहरू व्यवस्थित रूपमा सम्बोधन गरिनेछ। खानेपानी मन्त्रालयले मेलम्ची विकास समितिको गठन आदेश संशोधन गरी पूँजीगत रकम निकासाको प्रक्रिया सहज बनाउने, बाढीबाट क्षति पुगेका क्षेत्रमा राहत र क्षतिपूर्ति प्रक्रिया अघि बढाउने, स्थानीय भेण्डरको बक्यौता १५ दिनभित्र निकासा गर्ने र पुनःपूर्ति (लेवी) निर्धारणको प्रस्ताव ४५ दिनभित्र मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिबद्धता जनाएको छ।

सडक विभागले मेलम्ची–थाङपालधाप–भोटाङ–याम्फु सडक लगायतका मार्गमा बजेट विनियोजन अघि बढाउने तथा प्रभावित क्षेत्रमा सामाजिक उत्थान कार्यक्रमका लागि २३ करोड रुपैयाँ विनियोजन गर्ने सहमति भएको छ। साथै, आयोजनाबाट प्रभावित तथा मृतक परिवारका सदस्यहरूलाई रोजगारीमा प्राथमिकता दिइने निर्णय पनि गरिएको छ।

स्थानीय सरोकारवालाहरूले पथान्तरण अवरोध हटाउने, आन्दोलन स्थगित गर्ने र खानेपानीलाई मानवको आधारभूत अधिकारको रूपमा मान्ने प्रतिबद्धता जनाएका छन्। समझदारी कार्यान्वयन र अनुगमनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वाधार हेर्ने सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन हुने भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय