२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट क्षति पुगेको हयात रिजेन्सी होटलले मर्मतसम्भारका कारण होटलमा कार्यरत सबै १३३ कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ।

होटलका महाप्रबन्धक आशीष कुमारका अनुसार, भदौ २३ र २४ गते आन्दोलनका क्रममा आपराधिक समूहले होटलमा प्रवेश गरी तोडफोड, लुटपाट र आगलागी गरेको थियो। यस क्रममा होटलमा रहेका एक विदेशी पाहुनाको ज्यान गएको थियो भने अन्य अतिथिहरूको सामान र लगेज क्षतिग्रस्त भएका थिए।

महाप्रबन्धकले मानव संशाधन विभागलाई पठाएको पत्रमा उल्लेख गरेअनुसार, होटल बन्द भएको, मर्मतका लागि ऋण खोज्नुपर्ने र हाल कर्मचारी राख्न असम्भव अवस्था रहेको कारणले सबै कर्मचारीलाई मंसिर २२ गतेदेखि लागू हुने गरी बर्खास्त गरिएको हो।

कोभिड–१९ का कारण होटल तथा पर्यटन क्षेत्रमा आएको लामो बन्द र आर्थिक क्षति, साथै हालको घटनाबाट थप आर्थिक चुनौती बढेकाले होटल सञ्चालन गर्न असम्भव भएको महाप्रबन्धकले बताएका छन्। उनले सबै श्रमिक कटौतीको निर्णय श्रम ऐन २०७४ को दफा १४५ बमोजिम गरिएको बताए।

यस निर्णयसँगै होटल उद्योगमा जेन्जी आन्दोलनले पुर्‍याएको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव स्पष्ट भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय