२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

भारतमा सुरु भएको मैत्रीपूर्ण महिला क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल आज राजस्थानविरुद्ध मैदानमा उत्रिँदैछ। कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीले भारतका तीन प्रदेश टिमसँग दुई–दुई खेल खेल्ने कार्यक्रम रहेको छ।

नेपालले पहिलो प्रतिद्वन्द्वीका रूपमा राजस्थानसँग खेल्दै शृङ्खलाको सुरुवात गर्दैछ। नोभेम्बर १९ सम्म चल्ने यो मैत्रीपूर्ण सिरिजमा नेपाली टोलीले राजस्थानसँगै उत्तराखण्ड र बंगालका महिला टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ।

कप्तान इन्दु बर्मासहित टोलीमा कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन्।

नेपाली टोलीले आगामी खेलहरूलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका तयारीको रूपमा हेरेको छ। यस सिरिजबाट नयाँ खेलाडीलाई अनुभव र आत्मविश्वास दुवै दिलाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय