२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल स्काउटको स्वामित्वमा रहेको लैनचौरस्थित जग्गामा पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको कम्पनीले निर्माण गरेको संरचना बुधबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएर भत्काएको छ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले पटक–पटक बुझाउन दिएको बहाल बक्यौता तिर्न खड्काको कम्पनी असफल भएपछि कारबाही अघि बढाइएको हो। मन्त्रालयको मातहतमा रहेको स्काउट कार्यालयले सात दिनको अल्टिमेटमसहित सूचना जारी गर्दै रकम नतिरे भवन र सामग्री जफत गरिने चेतावनी दिएको थियो।

निर्धारित समयसीमा सकिएपछि महानगर प्रहरीको टोली डोजरसहित पुगेर संरचना भत्काएको हो। स्काउटका अधिकारीका अनुसार उक्त जग्गा सार्वजनिक स्वामित्वको भएकाले अब पुनः आफ्नो नियन्त्रणमा लिइएको छ।

महानगरले यस्ता सरकारी जग्गामा अवैध रूपमा बनेका अन्य संरचनामाथि पनि छिट्टै कारबाही गरिने जनाएको छ

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय