२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

नेपाल स्काउटको लैनचौरस्थित जग्गा विवाद फेरि पनि राजनीतिक रंग लिन थालेको बेला नेपाली कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले आफूलाई अनावश्यक रूपमा बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो कुनै स्वामित्व वा सम्बन्ध नै नभएको स्पष्ट गर्दै सञ्चारमाध्यममा आएको समाचारप्रति कडा आपत्ति जनाएका छन्।

बिहीबार जारी विज्ञप्तिमा खड्काले स्काउटको भाडा विवादमा आफ्नो नाम जोडेर ‘चरित्रहत्या गर्ने अभियान’ चलाइएको दाबी गरे। उनका अनुसार केही समूहले राजनीतिक प्रतिशोधका कारण उनको प्रतिष्ठामा प्रहार गर्दै झुटा कथाहरू फैलाइरहेका छन्। “म खुला किताबजस्तै व्यक्ति हुँ, हरेक काम पारदर्शी छ,” खड्काले भने, “तर केही गिरोहले क्षणिक स्वार्थका लागि मेरो नाम बदनाम गर्न खोजिरहेका छन्।”

उनले सञ्चारमाध्यमहरूलाई तथ्य–आधारित र निष्पक्ष समाचार प्रकाशित गर्न आग्रह गर्दै आफ्नो राजनीतिक तथा व्यक्तिगत छविमा गम्भीर असर पर्ने समाचारले दुखित बनाएको उल्लेख गरे।

यता, लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्याण्डले निर्माण गरेको संरचना लामो समयदेखि भाडा नतिरी अतिक्रमण गरेको निष्कर्ष निकालेपछि बिहीबार काठमाडौं महानगरले डोजर चलाएर संरचना हटाएको थियो। यही विवादलाई लिएर पूर्वमन्त्री खड्काको नाम सार्वजनिकरूपमा जोडिँदै आएको छ, तर उनले पुनः स्पष्ट पारेका छन्—“खड्का ल्याण्डसँग मेरो कुनै पनि स्वामित्व वा व्यावसायिक सरोकार छैन।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय