२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राजावादी गतिविधिमा सक्रिय दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएपछि उपत्यकामा सुरक्षा सतर्कता एकाएक बढाइएको छ। काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनले हिंसात्मक वातावरण बनाउनेगरी दिएको निर्देशनात्मक अभिव्यक्तिका आधारमा पक्राउ गरेको जनाएको छ।

गत २०८१ चैतमा भएको हिंसात्मक आन्दोलनपछि अदालतको आदेशमा छुटेका प्रसाईं पछिल्ला दिनमा पुनः आन्दोलनको तयारीमा थिए। उनले बैंक ऋण माफी लगायतका माग राख्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा सञ्चालन भइरहेको गतिविधिलाई लिएर प्रहरीले निरन्तर निगरानी गर्दै आएको थियो। सोहीबीच प्रहरीले काठमाडौँ उपत्यकाभरि उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ।

प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि नै पक्राउविरुद्ध सडकमा उत्रिन सक्ने अनुमान प्रहरी स्रोतले गरेको छ। सम्भावित प्रदर्शन, झडप र थप अराजक गतिविधि रोक्न उपत्यकाका संवेदनशील स्थानमा थप बल परिचालन गरिएको छ।

पछिल्लो समय प्रसाईंले काठमाडौँ मेयर बालेन साह र उनको परिवारलाई लक्षित गर्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका थिए, जसले सुरक्षा निकाय थप सक्रिय बनेको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय