२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ ले बुधबार सरकारले ध्यान दिनुपर्ने २७ बुँदे मागपत्र बुझाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीसँगको भेटमा प्रसाईं पक्षका माधव प्रसाद खतिवडाले मागपत्र पेश गरेका हुन्।

मागपत्रमा प्रमुख रूपमा वर्तमान संविधान खारेज गरी नयाँ हिन्दु अधिराज्य स्थापना, संवैधानिक राजसंस्था पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, र बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा गर्नुपर्ने माग गरिएको छ।

अभियानले नेपाल नेपालीकै हातमा रहनुपर्ने भन्दै व्यापार, उद्योग र रोजगारीमा विदेशी प्रभाव अन्त्य गर्न सरकारसँग माग गरेको छ। साथै, प्रदेश संरचना खारेज गरी पुरानो ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लाको प्रणाली पुनःस्थापना गर्नुपर्ने माग पनि गरिएको छ।

मागपत्रमा खाडीका जेलमा रहेका करिब सात हजार नेपालीलाई स्वदेश फिर्ता गराउने, लघुवित्त र सहकारीमा २० लाखभन्दा कम ऋण लिएका सर्वसाधारणको ऋण मिनाहा गर्ने, र सोभन्दा बढी ऋणलाई पाँच प्रतिशत ब्याजदरमा २५ किस्तामा तिर्न पाउने व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ।

अभियानले सरकारलाई यी मागहरू तत्काल सम्बोधन गर्न चेतावनी दिँदै, जनमतका आधारमा देशको राजनीतिक स्वरूप निर्धारण गर्नुपर्ने बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय