२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ ले बुधबार सरकारले ध्यान दिनुपर्ने २७ बुँदे मागपत्र बुझाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीसँगको भेटमा प्रसाईं पक्षका माधव प्रसाद खतिवडाले मागपत्र पेश गरेका हुन्।

मागपत्रमा प्रमुख रूपमा वर्तमान संविधान खारेज गरी नयाँ हिन्दु अधिराज्य स्थापना, संवैधानिक राजसंस्था पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, र बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा गर्नुपर्ने माग गरिएको छ।

अभियानले नेपाल नेपालीकै हातमा रहनुपर्ने भन्दै व्यापार, उद्योग र रोजगारीमा विदेशी प्रभाव अन्त्य गर्न सरकारसँग माग गरेको छ। साथै, प्रदेश संरचना खारेज गरी पुरानो ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लाको प्रणाली पुनःस्थापना गर्नुपर्ने माग पनि गरिएको छ।

मागपत्रमा खाडीका जेलमा रहेका करिब सात हजार नेपालीलाई स्वदेश फिर्ता गराउने, लघुवित्त र सहकारीमा २० लाखभन्दा कम ऋण लिएका सर्वसाधारणको ऋण मिनाहा गर्ने, र सोभन्दा बढी ऋणलाई पाँच प्रतिशत ब्याजदरमा २५ किस्तामा तिर्न पाउने व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ।

अभियानले सरकारलाई यी मागहरू तत्काल सम्बोधन गर्न चेतावनी दिँदै, जनमतका आधारमा देशको राजनीतिक स्वरूप निर्धारण गर्नुपर्ने बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय