२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

आज नोभेम्बर २१, विश्वभर ‘विश्व टेलिभिजन दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको पहलमा हरेक वर्ष यो दिवस टेलिभिजनले समाज, राजनीति, विकास र शान्ति प्रक्रियामा पु–याउँदै आएको प्रभावलाई स्मरण गर्न मनाइन्छ।

सन् १९९६ को डिसेम्बर १७ मा महासभाले गरेको निर्णयअनुसार टेलिभिजनको बढ़्दो पहुँच, जनमत निर्माणमा यसको योगदान, संवेदनशील मुद्दा उठाउने क्षमता र विश्व समुदायलाई जोड्ने माध्यमका रूपमा यसको प्रभावलाई मान्यता दिँदै यो दिवस मनाउने घोषणा गरिएको हो।

टेलिभिजन आज पनि सूचना आदानप्रदानको प्रभावशाली माध्यम मानिन्छ। यसले सामाजिक संवादलाई विस्तार गर्ने, सार्वजनिक धारणामा दिशा दिने र अन्तरराष्ट्रिय स्तरमा सहकार्य बढाउने कार्यमा निरन्तर योगदान गर्दै आएको छ।

यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ का दिन पहिलो विश्व टेलिभिजन फोरमसमेत आयोजना गरेको थियो। फोरममा विश्वभरका सञ्चारकर्मी र विशेषज्ञले बदलिँदो प्रविधि र अन्तरराष्ट्रिय परिदृश्यमा टेलिभिजनको भूमिकाबारे विस्तृत छलफल गरेका थिए।

त्यसयता, प्रत्येक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसको रूपमा मनाइँदै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय