२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

आज नोभेम्बर २१, विश्वभर ‘विश्व टेलिभिजन दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको पहलमा हरेक वर्ष यो दिवस टेलिभिजनले समाज, राजनीति, विकास र शान्ति प्रक्रियामा पु–याउँदै आएको प्रभावलाई स्मरण गर्न मनाइन्छ।

सन् १९९६ को डिसेम्बर १७ मा महासभाले गरेको निर्णयअनुसार टेलिभिजनको बढ़्दो पहुँच, जनमत निर्माणमा यसको योगदान, संवेदनशील मुद्दा उठाउने क्षमता र विश्व समुदायलाई जोड्ने माध्यमका रूपमा यसको प्रभावलाई मान्यता दिँदै यो दिवस मनाउने घोषणा गरिएको हो।

टेलिभिजन आज पनि सूचना आदानप्रदानको प्रभावशाली माध्यम मानिन्छ। यसले सामाजिक संवादलाई विस्तार गर्ने, सार्वजनिक धारणामा दिशा दिने र अन्तरराष्ट्रिय स्तरमा सहकार्य बढाउने कार्यमा निरन्तर योगदान गर्दै आएको छ।

यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ का दिन पहिलो विश्व टेलिभिजन फोरमसमेत आयोजना गरेको थियो। फोरममा विश्वभरका सञ्चारकर्मी र विशेषज्ञले बदलिँदो प्रविधि र अन्तरराष्ट्रिय परिदृश्यमा टेलिभिजनको भूमिकाबारे विस्तृत छलफल गरेका थिए।

त्यसयता, प्रत्येक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसको रूपमा मनाइँदै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय