२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आइतबार आफ्ना शीर्ष नेतृत्व संरचनाको पहिलो चरण सार्वजनिक गरेको छ। सात सदस्यीय अध्यक्षमण्डलसहितको संरचनामा विघटित प्रतिनिधिसभा सदस्य सन्तोष परियारलाई पहिलो अध्यक्षका रूपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ।

परियार यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता थिए। अध्यक्षमण्डलमा परियारसँगै सुदन किराँती, दुर्गा सोब, मधेशी र जेन–जेड समुदायको प्रतिनिधित्व समावेश हुने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

प्रलोपा गठनसँगै १५१ सदस्यीय केन्द्रीय समिति पनि बनाइने भएको छ। दुर्गा सोब नेतृत्वको नयाँ शक्ति, सुदन किराँती संयोजकको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीच आज एकता घोषणा हुँदैछ।

पार्टीमा डा. बाबुराम भट्टराई संरक्षकका रूपमा रहनेछन्। त्यस्तै पार्टीको नीति परिषद्मा जनार्दन शर्मा, राम कार्कीलगायतका नेताहरू रहने बताइएको छ।

अध्यक्षमण्डलको एक स्थान भने अहिले रिक्त छ। सोमबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता घोषणा भएपछि त्यो पद समेत टुंगिने र अध्यक्षमण्डल पूर्ण हुने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय