२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

निजी तथा आवासीय विद्यालयहरूले विद्यार्थीलाई कक्षाभित्र वा परिसरमा अनिवार्य अंग्रेजी बोल्न बाध्य पार्ने र नेपाली बोल्दा सजाय दिने जस्ता प्रथा तत्काल रोक्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले दिएको आदेशमा विद्यालयहरूले विद्यार्थीमाथि यस्तो अवैध दवाब सिर्जना गर्न नपाउने स्पष्ट गरेको छ। अदालतले भन्यो नेपाली भाषा बोल्दा बालबालिकालाई अपमानित, मानसिक रूपमा तनावग्रस्त बनाउने कार्य शिक्षा ऐन र मौलिक हकको मर्मविपरीत छ।

आयुष बडालसहितका कानुनका विद्यार्थीहरूले दायर गरेको रिटमा विद्यालयभित्र ‘केवल अंग्रेजी’ को नियमका कारण विद्यार्थीहरू भेदभाव र दण्डको डरमा बस्न बाध्य भएको उल्लेख थियो।

सर्वोच्चले शिक्षा मन्त्रालय, प्याब्सन र सम्बन्धित संस्थाहरूलाई नेपाली भाषा प्रयोग रोक्ने, सजाय दिने वा दवाब सिर्जना गर्ने कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको छ।

यससँगै अब निजी विद्यालयहरूले नीति पुनरावलोकन गरी विद्यार्थीलाई भाषा चयनमा स्वतन्त्रता दिनुपर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय