२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

दुर्गा प्रसाईँ आइतबार सर्वोच्च अदालतको आदेशपछि हिरासतबाट रिहा भएका छन्। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारले प्रस्तुत गरेको आधार कमजोर ठहर गर्दै उनलाई तत्काल मुक्त गर्न निर्देशन दिएको थियो।

प्रसाईँलाई जेनजी आन्दोलनसँग सम्बन्धित भिडियो तथा तस्वीर सार्वजनिक भएको केही घण्टामै मध्यरातमा निवासबाटै पक्राउ गरिएको थियो। पक्राउपूर्जी नपुगेको अवस्थामा गरिएको यो कार्रवाईप्रति राजनीतिक दलदेखि कानुनविद्हरूले नै गम्भीर प्रश्न उठाएका थिए।

रिहाइका लागि उनका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउदेखि थुनासम्मको सम्पूर्ण प्रक्रिया कानुनी रूपमा अपूरो रहेको निष्कर्ष निकालेको हो। अदालतले सरकारी पक्षका तर्क ‘अपर्याप्त र कमजोर’ रहेको स्पष्ट उल्लेख गरेको छ।

प्रसाईँ पछिल्ला वर्षहरूमा आफ्ना अभिव्यक्ति, सरकारविरुद्धको आक्रमक अभियान र राजनीतिक गतिविधिका कारण बारम्बार सुरक्षातन्त्रको निगरानीमा परिरहेका छन्। तर सर्वोच्चको आदेशसँगै उनी फेरि स्वतन्त्र भएका छन्, र अब उनी राजनीतिक रूपमा सक्रिय हुने पूर्वानुमान गरिन्छ।

अहिले भने उनको हरेक कदमले राज्य संयन्त्र कति सतर्क रहन्छ आगामी राजनीतिक वातावरणले त्यसको संकेत दिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय