२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने र चुुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गृह मन्त्रालयले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले देशको विशेष परिस्थितिले आफूहरूलाई जिम्मेवारी सम्हाल्न बाध्य बनाएको र कुनै व्यक्तिगत चाहना वा स्वार्थले सत्ता ग्रहण नगरेको स्पष्ट गरे।

अर्यालले आगामी निर्वाचन शान्तिपूर्ण बनाउन आवश्यक सबै सुरक्षा व्यवस्था कडा बनाइसकिएको उल्लेख गर्दै दण्डहीनता सहन नसकिने चेतावनी दिए।
उनले भने, “सुशासनको बलियो आधार निर्माण गरेर, फेरि कुनै दिन बिगार्न नसकिने संरचना सुनिश्चित गर्दै, निर्वाचित सरकारलाई जिम्मेवारी बुझाउन हामी आतुर छौँ।”

युवाहरूले उठाइरहेको प्रश्न र असन्तुष्टिलाई पनि उनले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता दोहोर्‍याए।
“हाम्रा छोराछोरीले प्रश्न उठाउँछन् भने त्यसको विशेष अर्थ हुन्छ। यदि हामी अहिले पनि नसच्चियौँ भने भविष्यमा ठूलो दुर्घटना नहोला भन्न सकिन्न,” उनले जोड दिए।

गृहमन्त्री अर्यालका अनुसार सरकारको उद्देश्य देशलाई स्थिरतासहित चुुनावतर्फ लैजानु र संक्रमणकालीन शून्यता समाप्त गर्नु मात्र हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय