२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधी आपूर्ति व्यवस्थापनदेखि स्वास्थ्य बीमासम्मका क्षेत्रमा देखिएको अव्यवस्था हटाउनु आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट रूपमा बताएकी छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वास्थ्य मन्त्रालयभित्र सबैभन्दा बढी समस्या र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र यही तीनवटामा केन्द्रित रहेको भन्दै सुधारको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइन्।

मन्त्री शर्माले भने, “यो सरकार जेन–जीको भावना अनुरूप बनेको नागरिक सरकार हो। हामीले भ्रष्टाचार अन्त्य गर्ने र प्रणाली मजबुत बनाउने प्रतिज्ञा गरेका छौँ। औषधीको व्यवस्थापन, आपूर्ति र बीमामा देखिएको चरम वेतिथि नै मेरो पहिलो प्राथमिकता बनेको छ।”

उनका अनुसार औषधीको गुणस्तर, मूल्य निर्धारण, वितरण प्रणाली र त्यसको निगरानीमा अब कुनै गुनासो उठ्न नदिनेगरी पूर्वतयारी भइरहेको छ।

स्वास्थ्य बीमामा देखिएको गम्भीर समस्या समाधान गर्न हाल अध्ययन र गहन छलफल भइरहेको मन्त्रीले बताइन्। “बीमालाई कसरी सुधार गर्ने भन्ने विषयमा विशेषज्ञहरूसँग निरन्तर छलफल चलिरहेको छ। सुधारको मोडेल तयार भएपछि प्रभावकारी रूपमा कार्यान्वयनमा लगिनेछ,” उनले थपिन्।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि आलोचना हुँदै आएको अव्यवस्था अन्त्य गर्न सरकारले ल्याउन लागेको सुधार योजनाबारे चिकित्सकदेखि सर्वसाधारणसम्मले चासो देखाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय