२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तिम चरणतिर पुग्दै गर्दा प्लेअफको तस्वीर झन् रोचक बन्दै गएको छ। तीन टोलीको स्थान पक्का भइसकेको छ भने अब बाँकी रहेको एकमात्र स्थानका लागि चार टोलीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।

सुदूरपश्चिम रोयल्स ६ खेलमै अपराजित रहँदै १२ अंकसहित पहिलो क्वालिफायरमा पुगिसकेको छ। दोस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजले बिहीबार पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफ सुरक्षित गर्‍यो। उता सुदूरपश्चिमले चितवनलाई पराजित गरेपछि विराटनगर किंग्स पनि ८ अंकसहित तेस्रो टिमका रूपमा प्लेअफ पुगेको छ।

अपराजित सुदूरपश्चिम, बलियो लयमा

ब्याटिङदेखि बलिङ र फिल्डिङसम्म सुदूरपश्चिम रोयल्सको प्रदर्शन उत्कृष्ट देखिएको छ। ६ खेलमा लगातार जितले टोली आत्मविश्वासमा छ। विदेशी र घरेलु खेलाडीको संयोजन सफल देखिँदा प्रशिक्षक जगत टमटा यो लय प्लेअफसम्म जारी रहनेमा विश्वस्त छन्।

काठमान्डु गोर्खाज : मोन्टी देसाईको रणनीति 

पहिलो संस्करणमा रन–रेटका कारण प्लेअफ छुटाएको काठमान्डु गोर्खाज यसपटक नयाँ प्रशिक्षक मोन्टी देसाईको योजनाले चम्किएको छ। पाँच जितसहित १० अंक बटुलेर प्लेअफ सुरक्षित गर्ने क्रममा भीम सार्कीलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

चितवनको हारपछि विराटनगरलाई  ‘राहत’, एक खेल अघि नै प्लेअफमा प्रवेश

सुदूरपश्चिमसँग चितवन राइनोज पराजित भएपछि विराटनगर किंग्सले सिधै प्लेअफ यात्रा पक्का गर्‍यो। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा विराटनगरले ८ अंक जोड्दै अन्तिम खेल बिना दबाब खेल्ने अवसर बनाएको छ।

चार टिम, एक स्थानका लागी प्रतिस्पर्धा

अब बाँकी रहेको चौथो स्थानका लागि ४ टोली प्रतिस्पर्धामा छन्:

  • लुम्बिनी लायन्स – ६ अंक

  • पोखरा एभेन्जर्स – ४ अंक

  • चितवन राइनोज – ४ अंक

  • जनकपुर बोल्ट्स – २ अंक (एक खेल कम)

लुम्बिनी सबैभन्दा बलियो स्थिति मै छ। जनकपुरलाई हराउन सके लुम्बिनी चौथो टिम बन्नेछ। तर जनकपुरले जित निकाल्न सके प्लेअफ समीकरण झन् जटिल र रोमाञ्चक बन्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय