२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने तयारी तीव्र पारिएको जानकारी दिएका छन्।

सर्लाहीको भ्रमणमा रहेका थापाले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्रको व्यापक छलफलपछि औपचारिक घोषणा गर्ने बताएका छन्। “म १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुँ। औपचारिक घोषणा प्रक्रिया सुरु गर्न लागिएको छ,” उनले बताए।

थापाका अनुसार महाधिवेशनले पार्टीलाई नयाँ सन्देश, नयाँ नीति र नयाँ नेतृत्व दिनुपर्ने आवश्यकता छ। त्यसैले देशभरका नेता, कार्यकर्ता र समर्थकहरूसँग परामर्श गर्दै पूर्वदेखि पश्चिमसम्म भ्रमण गर्ने तयारी भइरहेको छ। प्रारम्भिक चरणमा २०–२२ जिल्लामा पूर्व–पश्चिम राजमार्ग हुँदै पुग्ने योजना बनाइएको छ।

महामन्त्री थापाले कांग्रेसभित्रका अधिवेशनसम्बन्धी मतभेदहरू समाधान भइसकेको उल्लेख गर्दै ती अलमलहरूलाई आगामी निर्वाचनसँग मिश्रित गरेर नहेर्न आग्रह गरेका छन्। उनले थपे, “दलहरू निर्वाचनका लागि तयार छन्, अब सरकारले निष्पक्ष र उचित वातावरण सुनिश्चित गर्नुपर्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय