२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

ललितपुरको जावलाखेलमा सुरु भएको १७औँ राष्ट्रिय मानवअधिकार महाभेलामा गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र मानवअधिकारको सम्बन्धलाई ‘अविभाज्य’ भन्दै दुवैलाई समान रूपमा बलियो बनाउनु राज्यको प्राथमिक जिम्मेवारी भएको बताए।

देशभरका १२५ संस्थाको सहकार्यमा आयोजित महाभेलामा उनले परिवर्तित राजनीतिक वातावरणमा लोकतान्त्रिक संरचना कमजोर नबनाउँदा मात्र नागरिकको अधिकार सुरक्षित रहन्छ भन्नेमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

गृहमन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ जोड्दै निष्पक्ष, पारदर्शी र भयरहित मतदान वातावरण निर्माण सबै पक्षको साझा दायित्व भएको उल्लेख गरे। उनले निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया लोकतन्त्रको आधारभूत काम भएकाले राजनीतिक दल, नागरिक समाज र राज्य संयन्त्रले समान प्रतिबद्धता देखाउनुपर्नेमा बल दिए।

उनका अनुसार मानवअधिकार कुनै छुट्टै अवधारणा होइन, सुशासन, जवाफदेहिता र खुलापनसहितको लोकतान्त्रिक अभ्यासकै आधार हो। जेन–जेड आन्दोलनले उठाएको मुद्दामध्ये सुशासन प्रमुख रहेको स्मरण गराउँदै उनले हिंसालाई राज्यले कहिल्यै प्रोत्साहन नदिने र कानूनी राज्य निर्माण नै सरकारको मूल लक्ष्य हुने पुनः दोहोर्याए।

प्राकृतिक विपद्बाट हुने क्षति कम गर्ने उपाय, नीतिगत सुधार र भ्रष्टाचार नियन्त्रणलाई पनि उनले सरकारका प्राथमिक कार्यसूचीमा रहेको बताए। उनका अनुसार, भ्रष्टाचारमुक्त प्रशासन र नागरिकमैत्री शासन प्रणाली बिना मानवअधिकार सुनिश्चित हुन सक्दैन, त्यसैले सरकार दीर्घकालीन सुधारतर्फ अघि बढ़िरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय