२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नेबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच छलफल भएको दाबी गरेका छन्।

बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत यस विषयलाई सार्वजनिक गर्दै भने, “हिजो पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले सोधे– तपाईंहरूले किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थेँ, उहाँ पनि जानैपर्छ। यसबीच अर्को षड्यन्त्र बाहिर आएको छ। दुई दिनअगाडि पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भएको भनिएको वार्तामा केपी ओलीलाई गिरफ्तार गर्ने योजना छलफल भएको रहस्य खुलेको छ।”

उनले यसअघि पनि भण्डारीले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग राजनीतिक संवाद गरेको स्मरण गराएका छन्। बस्नेतले कमेडियन हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको “ओली पक्राउ” सम्बन्धी हल्लालाई पनि भ्रमपूर्ण र राजनीतिक उद्देश्यले गरिएको बताएका छन्।

बस्नेतले थपे, “केपी ओली पक्राउ भन्ने मिडियाट्रायलले महाधिवेशन भाड्ने, आतंक फैलाउने र सहभागिता घटाउने उद्देश्य राख्छ। तर, एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ। अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुने छैन।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय