२०८३ असार ५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक | महाधिवेशनअघि रविको ‘पावर बुस्ट' : रवि लामिछाने रास्वपाका सर्वशक्तिशाली सभापति बन्दै | दक्षिण कोरियामाथि जित निकाल्दै मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली | ३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा | राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ |

नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ। महाधिवेशन उद्घाटन हुनुअघि शनिबार सूची सार्वजनिक गरिएको हो।

शुक्रबार बसेको एमाले सचिवालय बैठकमा मनोनयनको विषयमा सहमति जुट्न नसकेपछि यसको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको थियो। उनीहरूकै पहलमा अन्ततः १०८ जना प्रतिनिधि मनोनयन गरिएको एमालेले जनाएको छ तर मनोनीत १०८ जना प्रतिनिधिको सूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ। अध्यक्षका आकांक्षी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले उक्त सूचीप्रति औपचारिक रूपमा असहमति जनाएको छ ।

एमाले विधानअनुसार कुल प्रतिनिधिको ५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ। यसअघि देशभरबाट २ हजार १५४ जना प्रतिनिधि निर्वाचन प्रक्रियाबाट चयन भइसकेका थिए। १०८ जना थपिएसँगै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुगेको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित चौरमा केहीबेरमा औपचारिक रूपमा उद्घाटन हुँदैछ। उद्घाटनअघि विभिन्न स्थानबाट आएका नेता तथा कार्यकर्ताहरूले जुलुससमेत निकालेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय