२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको बैठकले पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय नै कायम राख्ने निर्णय गरेको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनमा निर्धारण गरिएको संरचनाअनुसार केन्द्रीय कमिटी यथावत् राख्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बहुमतले समर्थन गरेको हो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताहरूले विधान महाधिवेशनबाट पारित विषयमा परिवर्तन नगर्न आग्रह गरे पनि अन्ततः बहुमतले पुरानै संरचना निरन्तरता दिने निर्णय गरेको बताइएको छ।

बैठकको सुरुवातमा अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा देखिएको कार्यकर्ताको उल्लेखनीय उपस्थितिले देशमा राजनीतिक दलहरूको आवश्यकता र औचित्य अझ स्पष्ट भएको टिप्पणी गरे।

११औँ महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुँदै छ, जहाँ पार्टीको आगामी नेतृत्व चयन र नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय