२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आइतबार नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। पछिल्ला दुई महिनामा कायम रहेको रेकर्ड तोड्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज त्यसलाई समेत उछिनेको हो।

अघिल्लो दिनको तुलनामा सुनको भाउ आज २ हजार २ सय रुपैयाँले बढेको छ। शनिबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य वृद्धि हुँदै नयाँ रेकर्डमा पुगेको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको छ।

सुनको मूल्य लगातार बढ्दै जानु र चाँदीमा उतार–चढाव देखिनुले बहुमूल्य धातुको बजार थप चासोको विषय बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय