२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन |

नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी संरचनामा सबै क्लस्टरबाट ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्ने प्रस्ताव अघि सारेको छ। भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रस्तावअनुसार केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व बढाउन प्रत्येक प्रदेशबाट ४० वर्षमुनिका युवालाई अनिवार्य रूपमा समेटिने व्यवस्था गरिएको छ। कोशी प्रदेश कमिटीमा ४० वर्षमुनिको १ जना युवा, खुलातर्फ ६ जना र महिलातर्फ १ जना रहने प्रस्ताव गरिएको छ। यही संरचना मधेश प्रदेशमा पनि लागू हुने जनाइएको छ।

बागमती प्रदेशमा ४० वर्षमुनिको १ जना युवा, खुलातर्फ ६ जना र महिलातर्फ ३ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ भने गण्डकी प्रदेशमा पनि यही ढाँचा अपनाइने उल्लेख गरिएको छ। कर्णाली प्रदेश कमिटीमा ४० वर्षमुनिको १ जना युवा सहित खुलातर्फ ६ जना र महिलातर्फ ३ जना रहने प्रस्ताव छ। राजधानी प्रदेश कमिटीमा पनि ४० वर्षमुनिको १ जना युवा, खुला ६ जना र महिला ३ जना रहने व्यवस्था राखिएको छ।

पार्टी नेतृत्वले यस प्रस्तावमार्फत संगठनभित्र युवाको भूमिका सुदृढ गर्ने र भविष्यको नेतृत्व विकासलाई संस्थागत गर्ने उद्देश्य राखेको जनाएको छ। प्रस्तावमाथि महाधिवेशनको बन्दसत्रमा छलफल जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय