२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली बजारमा सुनको मूल्य आइतबारको तुलनामा थप बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य दुई लाख ६० हजार सात सय रुपैयाँ कायम भएको छ। आइतबार मूल्य दुई लाख ५८ हजार आठ सय रुपैयाँ रहेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबारको तुलनामा ४५ रुपैयाँले वृद्धि हुँदै सोमबार प्रतितोला चाँदी तीन हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

विशेषज्ञहरूका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग, डलरको अधिमूल्यन र भन्सार दर तथा बैंकको लागतलाई आधार मानेर नेपालमा उच्च मूल्य कायम भएको हो। नेपालमा सुनको मूल्य निर्धारण नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा गरिन्छ।

२०६६ सालपछि नेपालमा सुनको आयात बैंकिङ च्यानलमार्फत मात्र गर्न पाइने नियम लागु भएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न सकिन्छ। व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारको अवस्था हेर्दा आगामी दिनहरूमा पनि सुनको मूल्य बढ्न सक्ने सम्भावना रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय