२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपाल भित्रिने विप्रेषण उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले वृद्धि हुँदै ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको यही अवधिमा भने विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो। पछिल्लो तथ्याङ्कले वैदेशिक रोजगारीबाट आउने आम्दानीमा उल्लेखनीय सुधार देखिएको संकेत गरेको छ।

केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो रकम एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरका आधारमा हेर्दा पनि विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढ्दै ४ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा डलरमा विप्रेषण वृद्धि दर ८.२ प्रतिशत मात्र थियो।

यसैगरी, खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि उल्लेखनीय रूपमा बढेर ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या एक लाख ४५ हजार ९७३ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख २७ हजार ८३७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ थिए।

विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीको संख्यामा स्थायित्व र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्ति बढेकाले विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव परेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय