२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन |

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको प्यानललाई बलियो समर्थन गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै ज्ञवालीले महाधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र नभई वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा समेत ऐतिहासिक र निर्णायक क्षण भएको बताएका छन्। उनले यस महत्वपूर्ण घडीमा पार्टीलाई एकताबद्ध गर्दै ओली नेतृत्वको टिमलाई सानदार जित दिलाउनुपर्ने उल्लेख गरेका छन्।

महासचिव पद नपाएपछि पदाधिकारीमा उम्मेदवारी नदिने घोषणा गरेका ज्ञवालीले आफू भने पार्टीको केन्द्रीय कमिटी सदस्यका रूपमा उम्मेदवार रहेको जानकारी दिएका छन्। उनले पार्टी कार्यकर्ता र प्रतिनिधिहरूसँग सधैँ नजिक रहने प्रतिबद्धता व्यक्त गर्दै यसपटक पनि मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन्।

ज्ञवालीको यो आह्वानलाई एमाले महाधिवेशनको मतदानको दिन पार्टीभित्र एकताको सन्देशका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय