२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा मतदानको प्रक्रिया अपेक्षाकृत सुस्त देखिएको छ। बुधबार बिहान १० बजे सुरु भएको मतदानमा राति १० बजेसम्म करिब १२ घण्टाको अवधिमा झन्डै १ हजार ३ सय मत मात्र खसेको छ।

मतदानको गति ढिलो भएपछि पार्टीको निर्वाचन आयोगले मतदान केन्द्र प्रवेश गर्ने समय राति १२ बजेसम्मका लागि थप गरेको छ। नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगले समय विस्तार गरेको जानकारी दिएका हुन्।

महाधिवेशनस्थलमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ। देशभरबाट सहभागी २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन्। मतदानको व्यवस्थापन सहज बनाउन बाँकी प्रतिनिधिहरूलाई टोकन (कुपन) वितरण गरिएको छ।

लामो लाइनका कारण मतदान गर्न समय लाग्ने भएपछि एक पटकमा ५० जनालाई मात्र मतदान केन्द्रमा प्रवेश गराइँदै आएको छ। एक जना प्रतिनिधिले मतदान गर्न औसतमा २५ देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ।

काठमाडौँको भृकुटीमण्डपमा भइरहेको यो निर्वाचनमार्फत १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। यसका लागि ६ सय ४२ उम्मेदवार प्रतिस्पर्धामा छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय