२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनअन्तर्गत ९ जना सचिव पदका लागि भएको निर्वाचनमा संस्थापन पक्षको बलियो प्रभुत्व देखिएको छ । पछिल्लो मतगणनाअनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३११–३११ मतसहित शीर्ष स्थान ओगटेका छन् ।

सुरुवाती मतपरिणाममा पद्मा कुमारी अर्याल अग्रस्थानमा रहे पनि पछिल्लो अपडेटमा बस्नेतले उनलाई उछिन्दै शीर्ष स्थानमा पुगेका हुन् । अर्यालले हालसम्म ३०५ मत प्राप्त गरेकी छन् । चौथो सर्वाधिक मत शेरधन राईले पाएका छन् भने उनको मतसंख्या ३०० पुगेको छ ।

टप ९ भित्र पर्ने अन्य उम्मेदवारमा क्रमशः खगराज अधिकारी, हिक्मत कुमार कार्की, यमलाल कँडेल, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन् । मतगणनाको वर्तमान अवस्थाले सचिव पदमा संस्थापन पक्षको ‘क्लीन स्वीप’ हुने सम्भावना देखिएको छ ।

ईश्वर पोखरेल समूहका तर्फबाट सचिव पदका बलिया दाबेदार मानिएका गोकुल प्रसाद बास्कोटा भने टप ९ भित्र अट्न संघर्षरत देखिएका छन् । हालसम्म उनले १९२ मत मात्र प्राप्त गरेका छन् । पोखरेल पक्षका अन्य सचिव उम्मेदवारहरू पनि पछाडि परेका छन् ।

समग्र पदाधिकारीतर्फ हेर्दा पनि प्यानल भोटिङको स्पष्ट संकेत देखिएको छ । अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाउँदै ३३३ मत प्राप्त गर्दा ईश्वर पोखरेल ११० मतमै सीमित छन् । महासचिव पदमा पनि संस्थापन पक्षका शंकर पोखरेल २४९ मतसहित अगाडि छन् भने पोखरेल समूहका सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत पाएका छन् ।

उपाध्यक्ष पदमा संस्थापन पक्षका अधिकांश उम्मेदवार अग्रपंक्तिमा देखिएका छन् । पृथ्वीसुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल र रामबहादुर थापा ‘बादल’ टप थ्रीमा छन् । ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट भने चौथो स्थानमा रहँदै उपाध्यक्ष बन्ने सम्भावनामा देखिएका छन् ।

उपमहासचिव पदतर्फ ईश्वर पोखरेल समूहका योगेश भट्टराई सुरक्षित अवस्थामा देखिएका छन् । उनी लेखराज भट्ट र रघुवीर महासेठसँगै टप थ्रीमा अटाएका छन् । ओलीनिकट उम्मेदवार विष्णु प्रसाद रिमाल भने चौथो स्थानमा संघर्ष गरिरहेका छन् ।

हालसम्मको मतगणना र रुझानले एमालेभित्र संस्थापन पक्षको पकड बलियो बन्दै गएको संकेत गरेको छ भने ईश्वर पोखरेल समूह सचिवसहित अधिकांश पदमा पछाडि पर्ने जोखिममा देखिएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणामले आन्तरिक शक्ति सन्तुलनलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय