२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

अविरल वर्षा तथा बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा भएको भौतिक तथा अन्य क्षतिबापत हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी गरिएको छ।

बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयता परेको निरन्तर वर्षा र त्यसबाट सिर्जित बाढीपहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा कुल ७९० वटा प्रारम्भिक बीमा दाबी दर्ता भएका छन्। ती दाबीबाट कुल ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी रकम माग गरिएको थियो। यसमध्ये हालसम्म ९६ वटा दाबीको भुक्तानी सम्पन्न भएको बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए।

प्राधिकरणले विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबी परेकोमा ३३ वटा दाबीको भुक्तानी भएको छ। सम्पत्ति बीमामा कुल ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेको थियो, जसमा हालसम्म ९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबी परेका छन्। करिब ५१ करोड ५७ लाख रुपैयाँ बराबरको दाबीमध्ये सातवटा दाबीको ९ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ। यस्तै, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबी परेका छन्, जसमा करिब ४ करोड १४ लाख रुपैयाँ दाबी रकममध्ये ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ।

मोटर बीमा (निजी)तर्फ ४० वटा बीमा दाबी दर्ता भएका छन्। करिब २ करोड ८२ लाख रुपैयाँ बराबरको दाबीमध्ये १२ वटा दाबीको १ करोड २० लाख रुपैयाँ भुक्तानी गरिएको छ। सामुद्रिक बीमातर्फ चारवटा दाबीको ११ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये दुईवटा दाबीको ३ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ।

तर मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको १ करोड १९ लाख रुपैयाँ तथा लघुबीमातर्फ दुईवटा दाबीको १२ लाख रुपैयाँ बराबरको बीमा दाबीको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय