२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश र क्रमिक बढुवा लिएको अभियोगमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार मंगलबार (पुस ८) गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। आयोगले जारी गरेको विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा उक्त नक्कली एसएलसी प्रमाणपत्रकै आधारमा गिरीले वि.सं. २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको खुलेको आयोगले जनाएको छ।

त्यही प्रमाणपत्र प्रयोग गरी गिरीले वि.सं. २०५२ मंसिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएको र त्यसपछि क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ।

आयोगका अनुसार नक्कली प्रमाणपत्रका आधारमा गिरीले पद, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको छ। सोही आधारमा आयोगले साविक भ्रष्टाचार निवारण ऐनअनुसार गिरीविरुद्ध सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय