२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

१८ जेठ, काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही र हानि नोक्सानीको क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढेको विश्वविद्यालयले जनाएको छ । गत १४ गते नेविसंघका नेता कार्यकर्ताले उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए ।

‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानि नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिकरुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्नेलाई पनि कारबाही प्रक्रिया सुरु भएको त्रिविले जनाएको छ ।

हेर्नुहाेस् विज्ञप्ति:

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय