२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने भएको छ।

अधिवक्ता विपिन ढकालले आयोगका पदाधिकारीहरू पूर्वाग्रही रहेको र प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको आरोप लगाउँदै रिट दायर गरेका थिए। उनले अध्यक्ष कार्कीले आफैंले छानबिन गर्नुपर्ने विषयमा समाचार सेयर र अन्तर्वार्ता दिएको विषय पनि उठाएका छन्।

यो रिटमा न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले निर्णय सुनाउने छ। यसअघि हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग्दै कारण देखाऊ आदेश जारी गरेको थियो।

अधिवक्ता ढकालको दाबी अनुसार आयोगका पदाधिकारीहरू तटस्थ नभएको र पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई अध्यक्षको रूपमा नियुक्त गर्नु न्याय प्रणालीले मान्ने प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय