२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको बन्दसूची बनाउँदा केही गल्ती भएको स्वीकार गरेको छ। पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले सूची तयार गर्ने क्रममा त्रुटि भएको भन्दै त्यसलाई सच्याइने बताएका छन्।

पराजुलीले सहमति आवश्यक भएकाले सीमित समयमा धेरै निर्णय गर्नुपरेको बताए। उनले हतारमा काम हुँदा केही कमजोरी भएको स्वीकार गर्दै सुशासन र विधि नै पार्टीको आधार भएकाले गल्ती सुधारिने स्पष्ट पारे।

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको रास्वपाको समानुपातिक बन्दसूची अहिले विवादमा परेको छ। पार्टीभित्रैबाट विधि मिचेर सूची बनाइएको भन्दै विरोध भइरहेको छ।

आन्तरिक चुनावमा बढी मत ल्याएका र प्राथमिकतामा पर्नुपर्ने नेताहरू सूचीबाट हटाइएका र साटोमा चर्चित व्यक्ति तथा आर्थिक रूपमा सबल उम्मेदवार समेटिएको आरोप पनि उठेको छ। पार्टी नेतृत्वले भने यी विषयमा पुनरावलोकन गरी आवश्यक सुधार गरिने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय