२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी |

बेलायतस्थित नेपाली दूतावासले कामका लागि स्पोन्सरसिप उपलब्ध गराइदिने बहानामा ठगी बढ्दै गएको भन्दै नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ ।

दूतावासका अनुसार पछिल्लो समय संयुक्त अधिराज्यमा रोजगारी दिलाइदिने नाममा ठगीका घटनाहरू बढेका छन् । यसमा नेपालबाट बेलायत आउन चाहनेहरू मात्र नभई हाल बेलायतमै बसोबास गरिरहेका नेपालीहरू समेत परेको गुनासो दूतावासमा आएको छ ।

दूतावासले ठगी गर्ने समूहमा नेपाली मूलका व्यक्तिहरू पनि संलग्न रहेको र चिनेजानेका माध्यमबाट तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराई ठगी हुने गरेको जनाएको छ । यस्ता समूहले फरक नाम प्रयोग गर्ने, सम्पर्क नम्बर परिवर्तन गर्ने, ठेगाना नखुलाउने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेको उल्लेख छ ।

विज्ञप्तिमा नेपाल वा बेलायतको बैंक प्रयोग नगरी अन्य माध्यमबाट रकम असुल गर्ने प्रवृत्ति देखिएको पनि दूतावासले जनाएको छ ।

दूतावासले कामको स्पोन्सरसिप वा वर्क भिसा उपलब्ध गराइदिने नाममा हुने ठगीबाट बच्न सबैलाई सावधान रहन आग्रह गरेको छ । समस्या परेमा नेपालका अनुसन्धान निकाय, बेलायतको स्थानीय प्रहरी तथा नेसनल एन्टी फ्रड नेटवर्क (एक्सन फ्रड) यूकेमा उजुरी गर्न अनुरोध गरिएको छ ।

ठगीमा परेका वा थप जानकारी चाहिने व्यक्तिले मोबाइल नम्बर +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय