२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

२७ पुष २०८२, आइतवार

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको तयारी थालिएको छ । बिहान ८ बजेदेखि नै नाम दर्ता सुरु गर्ने तयारी गरिएको छ ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट ८ बजेदेखि नाम दर्ता सुरु गरिने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ ।आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् ।महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय