२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

१ माघ २०८२, बिहिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् ।

४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए ।

युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ छ ।  नेपालका युवा अलिकति बाटो बिराउन खोजेका छन् । इतिहास तिम्रो आफ्नो आयुबाट नाप्न नखोज, इतिहास अलि लामो छ । देश पढ । देश बुझ । यो देशलाई के गर्न खोजिँदैछ भनेर बुझ्ने प्रयास गर,’ युवालाई सम्बोधन गर्दै उनले भने ।

रास्वपा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति इंगित गर्दै उनले आफूसँग चुनाव लड्न भनेर तामझान गरिरहेको पनि जिकिर गरे ।

‘कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेका छन् । हामीले नचिन्ने नचिन्ने खालका नोट लिएर पुगेका छन्, निर्वाचन क्षेत्रहरूमा,’ उनले भने । आफू निर्वाचन लड्दै आएको झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा बालेन रहेको खबर सार्वजनिक भइरहेका बेला ओलीको यस्तो टिप्पणी आएको हो ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय