२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्तिलाई गलत अर्थ लगाएर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो भनाइलाई बांगोटिंगो बनाइएको बताए।

प्रचण्डले विस्तृत शान्ति सम्झौतादेखि संविधानसभाको समयसम्म आवश्यक पर्दा कांग्रेस र एमालेसँग सहकार्य गर्दै आएको स्मरण गरे। अहिले पनि संविधान र उपलब्धिको रक्षा गर्ने सन्दर्भमा मात्र सहकार्यको कुरा गरेको उनले स्पष्ट पारे।

यसअघि उनले विदेशी शक्तिलाई परास्त गर्न कांग्रेस, एमाले र नेकपासहितका शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए। “सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दा, संविधान र शान्ति प्रक्रिया जोगाउनुपर्दा कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ। यी त हाम्रा पुराना सहयात्री हुन्,” उनले भनेका थिए।

तर उक्त अभिव्यक्तिलाई चुनावी तालमेलसँग जोडेर प्रचार गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “संवेदनशील र इमानदार रूपमा भनेको कुरालाई अहिले नै चुनावमा तालमेल गर्न खोज्यो भनेर अर्थ लगाइयो। कुनै दिन एमालेसँग मिल्यो भने अनौठो मान्नुपर्दैन भन्ने ढंगले समाचार आएको मैले पढेँ। यस्तो अचाक्ली गर्नु हुँदैन,” उनले भने।

प्रचण्डले कांग्रेस–एमाले भदौ २३ अघिका मात्र सहयात्री भएको उल्लेख गरे। “संविधान, गणतन्त्र, संघीयता र समावेशीतामाथि खतरा आउँदा सबैसँग सहकार्य गर्छौं भनेको हो। महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम, थारुले पाएका अधिकार खोस्ने प्रयासविरुद्ध एकजुट हुनुपर्छ। हिजोका त हाम्रा सहयात्री हुन् नि, २३ गतेका उनीहरू हाम्रा सहयात्री होइनन्,” उनले भने।

उनले आफूहरूले खबरदारी गर्दै आएको पनि दोहोर्‍याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय