२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न योगदान दिएका सुरक्षा निकायका पदाधिकारीलाई धन्यवाद दिएका छन्।

गृह मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा निर्वाचन सुरक्षाको समीक्षा गर्दै उनले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको भूमिकाको प्रशंसा गरेका हुन्। बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो।

मन्त्री अर्यालले रक्तपातविहीन रूपमा ऐतिहासिक निर्वाचन सम्पन्न गराउन केन्द्रदेखि फिल्डसम्म खटिएका सबै कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले निर्वाचनपछि संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको आधार तयार भएको उल्लेख गरे।

उनका अनुसार यस्तो उपलब्धि हासिल गर्न सबै तहका कर्मचारीको सामूहिक प्रयास र सहकार्य महत्वपूर्ण रहेको छ।

यसैगरी गृहसचिव राजकुमार श्रेष्ठले सुरक्षा निकायले व्यावसायिक निष्ठाका साथ निष्पक्ष रूपमा जिम्मेवारी पूरा गरेकाले निर्वाचन अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत प्रशंसा प्राप्त भएको बताए।

भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्ट र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले पनि निर्वाचन सुरक्षाका विषयमा आफ्नो अनुभव साझा गरेका थिए। उनीहरूले पछिल्लो निर्वाचन विगत ३० वर्षमा भएका निर्वाचनभन्दा स्वच्छ, निष्पक्ष, भयरहित र त्रुटिरहित रूपमा सम्पन्न भएको बताए। साथै उनीहरूले यस सफलतामा गृहमन्त्री अर्यालको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय